Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी  विकास र यति डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

बुधबार, ०२ चैत्र २०७३, १२ : ४४ मा प्रकाशित

महालक्ष्मी  विकास र यति डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

अर्थ संसार 
काठमाडौं– नेस्पेले (आज) बुधबार यति डेभलपमेन्ट बैँक लिमिटेड र महालक्ष्मी विकास बैँक लिमिटेडको शेयर कारोबारमा रोक्का गरेको छ  ।

यति र महालक्ष्मी बैंक बिच एक आपसमा मर्ज हुने भएपछि सेयर कारोबार रोक्का गरेको हो । चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा महालक्ष्मी विकास बैँकको चुक्ता पुँजी  १ अर्ब १५ करोड ६२ लाख २३ हजार छ ।

यता  यति डेभलपमेन्ट बैँकको  १ अर्ब ३८ करोड ६२ लाख ३३ हजार रहेको छ । सो अवधिमा महालक्ष्मीले रु १२ करोड ८७ लाख २४ हजार खुद मुनाफा कमाएको छ र प्रति शेयर आम्दानी रु २२.२६ कायम रहेको छ । त्यसैगरी यति डेभलपमेन्टको रु १४ करोड ४१ लाख १ हजार खुद मुनाफ र प्रति शेयर आम्दानी २०.७९ छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको