Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित “RBB Empowerment Academy” कार्यक्रमको चाैंथाे चरणको शुरूवात

निशा हुमाँगाई

शुक्रबार, ३० फागुन २०७६, १६ : १५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित “RBB Empowerment Academy” कार्यक्रमको चाैंथाे चरणको शुरूवात

अर्थ संसार, काठमाडौं – गर्भीलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरूको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आज एक समारोह बिच RBB Empowerment Academy को चौथो चरणको कार्यक्रम गण्डकी प्रदेशको लागि शुरूवात गरेको छ ।

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रूपमा अगाडि लैजाने उद्देश्यले शुरू गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले आज (फागुन ३० गते, शुक्रबार) बाट (चैत्र १० गते, साेमबार) सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा २०७६ चैत्र १४ देखि चैत्र १६ गते सम्म पोखरामा  संचालन गर्दैछ ।

गण्डकी प्रदेश अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरू (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरूले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरूद्धारा निःशुल्क रूपमा दिइने छ । 

कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, गण्डकी प्रदेशका प्रमुख ऋशि राम ढकालले स्वागत गर्दै युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरूको वृति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको कुरा बताएका छन् । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरू लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरूले युवकहरूको वृति विकासमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास व्यक्त गरेका छन् ।  

आवेदकहरूमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ ।

सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रूपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरू निकट भविष्यमै बाँकी प्रदेशहरूमा पनि संचालन गरीनेछ ।

यो कार्यक्रम प्रदेश नं १ र ३ मा सम्पन्न भई तालीम लिएकाहरू हाल बैंकमा इन्टर्नको रूपमा आवद्ध भएका छन् । साथै प्रदेश नं २ मा यहि चैत्र ७, ८, ९ मा तालिम हुन गइरहेको छ ।

त्यस्तै, बैंकको अफिसियल वेबसाईट www.rbb.com.np मा लग इन गरी वा बैंकको फेसबुक पेजबाट विस्तृत जानकारी प्राप्त गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको