Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीको लुम्ले केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

अर्थ संसार

आइतबार, ०२ चैत्र २०७६, २१ : २६ मा प्रकाशित

कास्कीको लुम्ले केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

अर्थ संसार, कास्की-कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आइतबार साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।

भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको