दिनिता लामिछाने
काठमाडौं–टाटा मोटरको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा टियागोे मोडलको गाडी ल्याएको छ ।
हेर्दा आकर्षक, अरुभन्दा फरक विशेषता भएको यस गाडी टाटाले तीन फरक फिचरमा उपलब्ध गराएको विक्रेता लक्ष्मी बडुवालले जानकारी दिइन् । ‘टियागो बेसिक, मिडियम र फूल अप्सनमा उपलब्ध छन्,’ उनले भनिन् ।
टिएकोको बेसिक गाडीको २२ लाख ५५ हजार रुपैयाँ पर्छ । त्यस्तै मध्यम फिचर भएको गाडीको २५ लाख ५५ हजार रुपैयाँ र सबै सुविधा भएको फूल अप्सन गाडीको २८ लाख ५५ हजार रुपैयाँ पर्छ ।
यस गाडीमा प्रशिद्ध कम्पनीको साउण्ड सिस्टम छ । फूल अप्सन गाडीमा मल्टि ड्राइभिङ मोड छ । यसलाई इको मोडमा चलाउँदा इन्धन बचत हुने विक्रेता बडुवालले जानकारी दिइन् ।
कम्पनीले निश्चित समयका लागि सरल ब्याजदरमा किस्ता बन्दीमा गाडी उपलब्ध गराउने जनाएको छ । कम्पनीकी विक्रेता बडुवालका अनुसार एभरेस्ट बैंकसँगको सहकार्यक्रमा ५.४३ प्रतिशत ब्याजमै गाडी उपलब्ध गराइने छ ।
‘यति सस्तो ब्याजमा कुनै गाडी उपलब्ध हुँदैन’, उनले भनिन् । गाडी किन्दा राष्ट्र बैंकको निर्देशनअनुसार ग्राहकले मूल्यको ५० प्रतिशत रकम भने पहिल्यै तिर्नु पर्छ । कम्पनीले विभिन्न ५ रंगमा यो गाडी उपलब्ध गराउने जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस