Like us!
Follow us!
Connect us!
Watch us!

मिसनको हकप्रद आजदेखि बजारमा

विहीबार, ०३ चैत्र २०७३, १२ : ०७ मा प्रकाशित

मिसनको हकप्रद आजदेखि बजारमा

अर्थ संसार 
काठमडौं– आजदेखि मिसन डेभलपमेण्ट बैंक लिमिटेडको हकप्रद सेयर  खुला भएको छ । बैंकले १ः१ हकप्रद शेयर निष्कासन गरेको हो ।

सेयरधनीका लागि प्रति सेयर १ सय अंकित दरको १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

विक्री प्रबन्धक भिबोर क्यापिटल
हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।

मिसन डेभलपमेण्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ । बैंकको हालको चुक्ता पूँजी रू. १९ करोड ४९ लाख २५ हजार रहेको छ ।  हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी रू. ३८ करोड ९८ लाख ५० हजार पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको