अर्थ संसार, काठमाडौं – गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्राइभेट लिमिटेडले २ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उहाँको कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्राइभेट लिमिटेडका निर्देशक राजेशबाबु श्रेष्ठद्धारा उक्त रकम एक कार्यक्रमका बीच गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उहाँका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस