दिनिता लामिछाने
काठमाडौं–जापानी आरामदायी कार चढ्न चाहनुहुन्छ ? जापानमा बनेका निसानका गाडी तपाईंको उपयुक्त छनौट हुन सक्छ ।
नेपालमा निसानका कार दुगढ ब्रदर्सले विक्री गर्दै आएको छ । यस पटक हामी तपाईंलाई निसानको एक्स ट्रेल स्पोर्टस युटिलिटि भेइकल (एसयुभी) बारे जानकारी दिने प्रयासमा छौं ।
अटोमेटिक आरामदायी ५ देखि ७ सिट भएकोे गाडी ८ वटा रङमा उपलब्ध रहेको थापाथलीस्थिति सोरुमकी कर्मचारी सृजा श्रेष्ठले जानकारी दिइन् । यस कारमा एयर ब्याग, अटोमेटिक गियरलगायतका सुविधा छन् ।
यी कार हेर्दा निकै स्टाइलिस्ट देखिन्छन् । यसका इन्जिन २ हजार सिसी क्षमताका हुन् । यी गाडीले प्रति लिटर इन्धनमा १५ किलोमिटरसम्म माइलेज दिन्छन् ।
यी कारको मिनिमम ग्राउन्ड क्लियरेन्स कम्तीमा २१० एमएम छ । यी गाडी अत्यन्त सुबिधा सम्पन्न रहेको श्रेष्ठले दावी गरिन् । ‘निशानका गाडीको मुख्य विशेषता भनेको धेरै टिक्नु हो,’ उनले भनिन्, ‘यी कारको इन्जिन २० बर्षसम्म केही हुँदैन ।
यी कारको बजार मूल्य भने नेपालको परिप्रेक्षमा केही महंगो लाग्छ । बजारमा यसको कारको मूल्य १ करोडदेखी १ करोड ५० लाखसम्म रहेको श्रेष्ठले जानकरी दिइन् । सर्बसाधारणका लागि भने यो कार महंगै हुन्छ ।
जलविद्युत कम्पनी, विदेशी कुटनीतिक नियोग, बिदेशी कुटनीतिकहरु, सरकारी कार्यालयहरु यस कारका गांहक रहेको बिक्रेता श्रेष्ठले जानकारी दिइन् ।
यो पनि पढ्नुहोस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस