Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन महासङ्घकाे आग्रह

निशा हुमाँगाई

शनिबार, ०८ चैत्र २०७६, १९ : ५४ मा प्रकाशित

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन महासङ्घकाे आग्रह

अर्थ संसार, काठमाडौं – नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिएका छन् ।

सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन,सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय गरेको उनले बताएका छन् ।

बैठकले कोरोना भाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ ।

यसैगरी, बैठकले नेपालमा सो भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानीबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासङ्घका तर्फवाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

यसका लागि महासङघका तर्फवाट सञ्चार माध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्य, तथ्य सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत बैठकले गठन गर्ने निर्णय गरेको छ ।

सो समितिमा अध्यक्ष गोविन्द आचार्य,उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेका छन् । बैठकले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्ने उपाय सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको