Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सकाे लाभांश संशाेधन, सभा कहिले ?

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, १२ : ५१ मा प्रकाशित

नेको इन्स्योरेन्सकाे लाभांश संशाेधन, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – नेको  इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश संशाेधन भएकाे छ । कम्पनीकाे पुस २० गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेकाे थियाे ।

कम्पनीकाे चैत्र ८ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त लाभांशमा सामान्य संशोधन गरी अब करसहित ८.१६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेकाे छ ।

यसैगरी, उक्त बैठकले कम्पनीकाे २४औँ वार्षिक साधारण सभा बैशाख १ गते साेमबार अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरू गर्ने तय गरेकाे छ ।

त्यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र २४ गतेदेखि साधारण सभाको मितिसम्म बुकक्लोज गर्नेछ । तसर्थ चैत्र २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e7714cb26526.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको