Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैङ्कले कोभिड १९ रोकथामका लागि एक करोड दिने

अर्थ संसार

आइतबार, ०९ चैत्र २०७६, २२ : ४८ मा प्रकाशित

नेपाल बैङ्कले कोभिड १९ रोकथामका लागि एक करोड दिने

अर्थ संसार, काठमाडौं विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान गर्ने भएको  छ ।

मानवीय विपत्का घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको