अर्थ संसार, काठमाडौं – बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट इण्डष्ट्रिज नेपालमा अत्यधिक क्षमतायुक्त सिमेन्ट उत्पादक हो, जसले प्रत्येक दिन २ हजार टनसम्म सिमेन्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेन्ट आपूर्ति गर्दै आएको छ ।
हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स्को सहकार्यमा उक्त अभियानलाई सहयोग पुर्याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वको अभिभारा बहन गरेको छ ।
कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिम युक्त भएको अध्ययनहरूले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरू एवं जिम्मेवार निकायहरूले भरमग्दूर प्रयास गरिरहेका छन् ।
यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आम नागरिकहरूलाई हात धुन स्यानीटाइजर र नाक मुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यका भित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरूमा गरिएका छन् ।
“हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरूलाई सीमित संख्यामै भएपनि मास्क र स्यानीटाइजर वितरण गरेर उनीहरूको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौँ।”बालाजी सिमेन्ट इण्डष्ट्रिजका प्रवन्ध निर्देशक गौरव गाडियाले बताए ।
हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ ।
बालाजी सिमेन्ट इण्डष्ट्रिजको बारेमा ः
यस कम्पनीको कारखाना चन्द्रौटा, कपिलवस्तुमा रहेको छ । कारखानाले प्रत्येक दिन २ हजार टन सम्म सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । देशैभर व्यापक बिक्री सञ्जाल भएको हुँदा सिमेन्टकाे उपलब्धता सहज र सुलभ छ । कम्पनीले अत्याधुनिक प्रविधिभि आरएम प्रविधिको प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने गरेको छ । बालाजी सिमेन्टको उत्पादन बाहुबली सिमेन्ट ओपिसि, पिपिसि र पिएससि गरी ३ विविधतामा पाइन्छ, जसको माग उपभोक्ताहरू माझ अधिक रहँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस