अर्थ संसार, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे साधारण सभा स्थगित भएकाे छ ।
बैंककाे चैत्र २० गते होलिडे होम विर्तामोड, झापामा गर्ने भनिएकाे चाैधाैं वार्षिक साधारण सभा हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे संयाेजकत्वमा गठित Covid-19 संक्रमण, राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे चैत्र ५ गते बसेकाे बैठकले गरेकाे निर्णय बमाेजिम उक्त राेगबाट संक्रमण भई नफैलियाेस् भनेर एकैठाउँमा २५ जना भन्दा धेरै व्यक्ति भेला हुन बन्द गरिने निर्णय भए बमाेजिम स्थगित गरिएकाे छ ।
उक्त सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस