Like us!
Follow us!
Connect us!
Watch us!

अनुगमनमा थप कडाई गर्दै प्रेस काउन्सिल : अफवाह फैलाउने ४३ सञ्चार माध्यमलाई यस्ताे सजाय

निशा हुमाँगाई

विहीबार, १३ चैत्र २०७६, ०९ : ३९ मा प्रकाशित

अनुगमनमा थप कडाई गर्दै प्रेस काउन्सिल : अफवाह फैलाउने ४३ सञ्चार माध्यमलाई यस्ताे सजाय

अर्थ संसार, काठमाडौं – प्रेस काउन्सिल नेपालले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको छ ।

कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको हो ।  

यसैगरी, अनुगमनको क्रममा चैत्र १० गते साेमबार विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम गरेकाे छ भने चैत्र ११ गते मंगलबार १ वटासँग स्पष्टिकरण मागिएको प्रेस काउन्सिल नेपालले जानकारी दिएकाे छ ।  

त्यस्तै, सूचीकरण तथा दर्ता नभएका ५ वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको छ । कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रेस काउन्सिलले बताएकाे छ ।

त्यसैगरी, यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न प्रेस काउन्सिलले आग्रह गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको