Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सेयर बेच्दा १० प्रतिशतसम्म कर लाग्ने

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, ११ : ०३ मा प्रकाशित

आजदेखि सेयर बेच्दा १० प्रतिशतसम्म कर लाग्ने

आज नयाँ आर्थिक वर्षको पहिलो दिन हो । आज देखि सरकारले ल्याएको बजेट कार्यान्वयन हुने देखि विभिन्न करका दरहरु पनि लागू हुने छन् । 

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सेयर बिक्री गर्दा लाग्ने कर पनि बढेको छ । आजदेखि सेयर कारोबारमा संशोधित पुँजीगत लाभकरको व्यवस्था लागू हुने छ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्ने पुँजीगत लाभकरको दर बढाएको हो । नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय स्वामित्वमा राखिएको सेयर बिक्री गर्दा प्राप्त नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ भने एक वर्ष नपुग्दै बिक्री गरिएका सेयरबाट प्राप्त लाभमा १० प्रतिशत कर तिर्नुपर्नेछ ।

सरकारले धितोपत्र बिक्रीबाट स्रोतमै कट्टा हुने यो करलाई अन्तिम करका रूपमा मान्यता दिएको छ । यसअघि भने एक वर्षभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको सेयर बिक्री गर्दा ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो । नयाँ व्यवस्थासँगै दुवै श्रेणीमा करको दर २.५ प्रतिशत बिन्दुले वृद्धि भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको