Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोफाइनान्सको विकासका लागि छुट्टै ऐन आवश्यक

शनिबार, ०५ चैत्र २०७३, ०९ : ४३ मा प्रकाशित

माइक्रोफाइनान्सको विकासका लागि छुट्टै ऐन आवश्यक

अर्थ संसार 
काठमाडौं–मोफसलमा माइक्रोफाइन्नान्सको विकासका लागि ऐन आवश्यक भएको सरोकारवालाले बताएका छन् । काठमाडौंमा आयोजित लघुवित्त सम्मेलनमा शुक्रबार वित्त, सामाजिक र मानवीय मुल्यको सन्तुलन नामक विषयक सत्रमा कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सहभागीले लघुवित्तका विस्तारका लागि ऐनको आवश्यकतामा जोड दिए । 

कार्यक्रममा अनुसन्धानकर्ता हरिहर आचार्यले सबै क्षेत्रमा मानवीय मुल्य, वित्तिय र सामाजिक मान्यताका लागि माइक्रो फाइनान्सको योगदान रहेको बताउनुभयो । उहाँले सन् २०१४ अगस्टदेखि २०१५ जुलाईसम्म रुपन्देही, म्याग्दी, मकवानपुर, बाग्लुङलगायत मुलुकका ५ वटा जिल्लामा गरेको अनुसन्धानबाट माइक्रोफाइनान्सले आर्थिक क्रान्तिमा टेवा पुगेको बताउनुभयो ।

उहाँको अध्ययनले मानविय मुल्य परिवर्तनका लागि कुनै कार्यमा सम्लग्न हुनुपर्छ, त्यसका लागि माइक्रोफाइनान्सले टेवा पुग्ने देखाएको छ । यसले सामाजिक, आर्थिक रुपान्तरण, मानविय स्वभावमा परिवर्तन गर्न सहयोग पुग्ने उहाँको दाबी थियो । 

माइक्रोफाइनान्सले सबै तहमा मानविय मुल्य फैलाएको अध्ययनले देखाएको अनुसन्धानकर्ता आचार्यले बताउनुभयो । माइक्रोफाइनासन्सबाट लिएको रकम विभिन्न क्षेत्रमा लगानी गरेर ब्यस्त हुँदा व्यवहारमा परिवर्तन आएको ठोकुवा गर्नुभयो ।

रमा माइक्रोफाइनान्सको पहुँच पुग्दा त्यस्ता व्यक्तिमा परिवर्तन भएको उहाँले उदाहरण दिनुभयो । ति क्षेत्रमा माइक्रोफाइनान्सले महिलामा लगानी गरे पनि पुरुषको व्यवहारमा परिवर्तन ल्याएको उहाँले बताउनुभयो । 

अनुसन्धानकर्ता आचार्यको कार्यपत्रमा प्रतिक्रिया प्रस्तुत गर्दै भारतीय बिज्ञ अभिमन्यु काउलले माइक्रोफाइनान्सले समुदायको सोचाइमा परिवर्तन ल्याउने बताउनुभयो । माइक्रोफाइनान्सले विज्ञापनद्धारा समाजमा नागरिकलाई आकर्षित गरी सेवा प्रदान गर्ने सस्था भएकाले ऐन नियमको आवश्यकता पर्ने बताउनुभयो ।

उहाँले सोचेका कार्य पुरा गर्न, व्यापार गर्न, पैसाको आवश्यकता पर्ने भएकाले माइक्रो फाइनान्सको महत्वपूर्ण योगदान रहने बताउनुभयो । खुसि साथ जीवन स्वस्छ राख्न पनि पैसा नै ठूलो हुने भएकाले माइक्रोफाइनान्सको सहयोगमा स्वरोजगारतिर लाग्नुपर्नेमाा जोड दिनुभयो । 

कार्यक्रममा बिदेशी सामाजिक विश्लेषक इन्गे प्याट्सले भारतको केहि स्थान तथा नेपालको जुम्ला र भक्तपुरमा सहकारीले आर्थिक स्तरमा परिवर्तन ल्याएको बताउनुभयो । विश्लेषक इन्गेले माइक्रो फाइनान्सले समाज परिर्वनका लागि टेवा पुर्याउँछ भने कुनै स्थानमा नाम मात्र देखिएहकाले यस सम्बन्धी ऐनको आवश्यकता हुने बताउनुभयो । स्वरोजगारका लागि माइक्रोफाइनान्सको दबाब उचित नहुने उहाँले बताउनुभयो । 

माइक्रोफाइनान्सले नेपालका केहि स्थानमा आर्थिकसँगै सामाजिक परिवर्तनमा टेवा पुगेको विदेशी सामाजिक विश्लेषक इन्गेले दाबी गर्नुभयो । जुम्लामा स्याउको व्यापार बढ्नुमा माइक्रोफाइनान्सको सहयोग गरेको उहाँको भनाई थियो ।

नेपाली विश्लेषक कृष्णकुमार प्रधानले माइक्रोफाइनान्सले समाजमा परिवर्तन ल्याउने भएकाले बलियो ऐन आए, लगानीको पुन संरचनामा सहयोग हुने बनताउनुभयो । उहाँले महिलाको सहकारी सामाजिक सशक्तीकरण, नेतृत्वमा माइक्रोफाइनान्सको औचित्य रहेकाले लगानीसँगै बचतमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । विश्लेषक प्रधानले आर्थिक सुधारका लागि माइक्रोफाइनान्सले पूँजी बढाउनुपर्ने सल्लाह दिनुभयो ।

कार्यक्रममा सहभाागि भएकी मकवानपुरकी राधा सिंहले आफ्नो स्थानमा माइक्रोफाइनान्सले सहयोग गरेकाले समाज परिवर्तनमा आफुले भुमिका खेलेको बताउनुभयो । उहाँले हामिभित्रको सोच परिवर्तनका लागि कुनै काममा व्यस्त पार्न सहकारी संस्थाले सहज भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा गोरखाबाट आएका महिलाहरुले मााइक्रोफाइनान्सको ऋणको ब्याज महंगो भएकाले घटाउन आवश्यक भएको बताएका थिए । 

कार्यक्रमका अध्यक्ष उदय नेपाली श्रेष्ठले ऋणको आवश्यकता बढ्दै गएकाले स्थानियको मर्म बुझेर कार्य गर्न माइक्रोफाइनान्सलाई आग्रह गर्नुभयो । पूर्वप्रसाशक एवं सांसदसमेत रहेका श्रेष्ठले देशलाई अघि बढाउन आर्थिक क्रान्तिको आवश्यकता भएकाले राजनितिक लडाईलाई टुग्याएर लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अधिकांशले राज्यले के दियो भन्नुभन्दा आवश्यकतामा जोड दिनुपर्ने धारणा राखेका थिए । कुनै पनि कार्यमा नियम आवश्यकता भएकाले ऐन नियमको अभाव हुन नहुने उनिहरुको भनाई थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको