Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीमा सुरु भयो औद्योगिक मेला, विभिन्न ६ देशका ३ सय ४० स्टल

शनिबार, ०५ चैत्र २०७३, १० : ४९ मा प्रकाशित

राजधानीमा सुरु भयो औद्योगिक मेला, विभिन्न ६ देशका ३ सय ४० स्टल

दिनिता लामिछाने
काठमाडौं–राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना गरेको अन्तराष्ट्रिय व्यापार मेला चैत ७ गतेसम्म चल्ने छ । नेपाल हस्तकला महासंघ, नेपाल जडीवूटी उत्पादक संघ तथा हिमाली आयोजना यस वर्षको मेलाको सहआयोजक छन् । 

नेपाली उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय जगतमा उद्योग व्यवसाय क्षेत्रले पछिल्लो पटक अवलम्वन गरीरहेको प्रविधिगत ज्ञान तथा संयुक्त सहकार्यका सम्भाव्यताका सम्बन्धमा स्वदेशी एवं विदेशी उद्यमी व्यवसायीबीच अन्तरक्रियाका माध्यमबाट मुलुकभित्र उद्यम व्यवसाय विस्तारमा सघाउ पुर्याउने उद्देश्यले महासंघले एक दशकदेखि काठमाडौमा अन्तराष्ट्रियस्तरको मेला आयोजना गर्दै आएको छ । यो मेलाको छैठौं संस्करण हो । 

मेलामा ३ सय ४० स्टलमार्फतस्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । यस वर्ष मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्डलगायत देशका कम्पनीहरुको सहभागिता छ । जापान, कोरिया, थाइल्याण्डलगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने आयोजकको दावी छ ।

मेलामा चीनका ८५, भारतका १०, पाकिस्तानका २०, बंगलादेशका ५०, थाइल्याण्ड मलेशियाका ५ वटा स्टल छन् । मेलाका अवलोकनका लागि दर्शकहरुको निकै भिड बढेको छ । मेलामा कपडा, खाद्यान्न, सौन्दर्य सामग्री, विद्युतीय सामग्री, जुत्ताचप्पल, कृषि बस्तुलगायतका सामग्री राखिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको