Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : भारतमा ११४ जनाको मृत्यु

निशा हुमाँगाई

मंगलबार, २५ चैत्र २०७६, १२ : ३३ मा प्रकाशित

काेराेना अपडेट : भारतमा ११४ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

त्यसैगरी मङ्गलबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ४२१ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ ।

कोरोना भाइरस सङ्क्रमण रहेका चार हजार ४२१ जनामा ३२५ जना भने उपचार गरी घर फर्किएका छन् । हाल ३ हजार ९८१ जना अस्पताल र केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका सो मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्र, तामिल नाडु र नयाँ दिल्लीमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ । महाराष्ट्रमा ७४८, तामिल नाडुमा ६२१ र नयाँ दिल्लीमा ५२३ मा सो रोगका सङ्क्रमितहरु रहेका उक्त मन्त्रालयले जनाएको छ ।

भारतमा दुई हप्ता यतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर यता दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ । – रासस/एएनआई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको