अर्थ संसार, काठमाडौं - नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले कोरोना महामारी विरूद्धको यस महायुद्ध जित्नको निमित्त सहयोगको अर्को कदम अघि बढाएको छ ।
अहिलेको यस विषम परिस्थितीमा कोरोना भाईरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिले हिजो एक कार्यक्रम माझ नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक स्थानहरूमा किटनासक औषधि छर्नको निमित्त ७ लाख रूपैयाँ बराबरको १० थान होण्डा अटोमेटिक ब्याक प्याक स्प्रेयर सहयोग स्वरूप प्रदान गरेका हुन् ।
यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस