अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रूपैंया हस्तान्तरण गरेको छ ।
६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रूपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रूपैंया सहयोग गरेको हो ।
त्यस्तै, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रूपैयाँ सहयोग गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस