Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकद्वारा प्रदेश नं.२ सरकारलाई पिपिई सहयोग

अर्थ संसार

बुधबार, २६ चैत्र २०७६, १८ : ०७ मा प्रकाशित

एनएमबी बैंकद्वारा प्रदेश नं.२ सरकारलाई  पिपिई सहयोग

अर्थ संसार, धनुषा-प्रदेश नं. २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ ।

 कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पु¥याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले आज विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभयो ।

 सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

 कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा। राम केवल साहको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको