Like us!
Follow us!
Connect us!
Watch us!

रोकथाम कोषमा सानिमा बैंकको रु १० लाख

अर्थ संसार

आइतबार, ३० चैत्र २०७६, १० : ५७ मा प्रकाशित

रोकथाम कोषमा सानिमा बैंकको रु १० लाख

अर्थ संसार, कास्की-सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको  कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
 
मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । सानिमाले सङ्घीय सरकारको कोरोना राहत कोषमा रु ५० लाख तथा  देशका सात प्रदेश सरकारलाई रु १० लाखका दरले सहयोग गरेको बताइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको