Like us!
Follow us!
Connect us!
Watch us!

अब सबैकाे मोबाइलमा प्रभु पे वालेट

निशा हुमाँगाई

आइतबार, ३० चैत्र २०७६, १७ : ५४ मा प्रकाशित

अब सबैकाे मोबाइलमा प्रभु पे वालेट

अर्थ संसार, काठमाडौं - प्रभु पेले स्मार्ट फोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ ।

यस अन्तर्गत (१२३४ अंकमा लेखिएका र एबीसीडी  लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ ।

यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न वर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अवस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरू भइरहेको अवस्थामा बारफोन प्रयोगकर्ताहरू सोबाट बंचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।

यसैगरी, प्रदेश नं. ६ र ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा स्मार्ट फोन पनि नहुने र हिँडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरू आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई  वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रयोग गर्ने तरीका ः

Ncell सिम भएका साधारण फोन प्रयोगकर्ताले rg सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर (जसलाई mpin भनिन्छ)  लेखि 31041 मा SMS गर्नुपर्ने हुन्छ (Example: rg1234 यहाँ1234 mpin हाे) । त्यसपछि प्रयोगकर्ताको Ncell नम्बर प्रभु–पेमा रजिष्टर्ड हुन्छ । अब प्रयोगकर्ताले *31041*mpin# थिचेपछि विभिन्न सुविधाहरू मोबाइलमा देखिन्छ र हातैबाट सम्पुर्ण सुविधा प्रयोग गर्न सकिनेछ । प्रयोगकर्ताहरूले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुविधा खोजेर कारोबार गर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको