Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत PPE हस्तान्तरण

निशा हुमाँगाई

सोमबार, ०१ बैशाख २०७७, १२ : २० मा प्रकाशित

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत PPE हस्तान्तरण

अर्थ संसार, काठमाडौं -  सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) जम्मा २५ थान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् ।

साथै  चैत २८ गते बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख बिबेक निरौलाले ३३ थान (PPE) हस्तान्तरण गरेका थिए । प्रादेशिक कार्यालयका प्रमुख बिबेक निरौलाले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) प्रदान गरेको बताएका छन् । 

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी (PPE) उपलब्ध गराई सकेको छ  र अन्य प्रदेशहरूमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको