Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा कोराेनासँग जुध्न एड्भायजरी जारी

निशा हुमाँगाई

मंगलबार, ०२ बैशाख २०७७, १६ : १७ मा प्रकाशित

ओपोद्वारा कोराेनासँग जुध्न एड्भायजरी जारी

अर्थ संसार, काठमाडौं – कोभिड १९ महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ । यसबाट सुरक्षार्थ सबैले ब्यापक सतर्कता अपनाउनु आवश्यक छ ।

महामारीका बारेमा फैलिरहेका मिथकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिने र कोरोनाभाइरस तथा यसबाट सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच लिई ओपोले आफ्ना सामाजिक सञ्जाल मार्फत सजगता अभियान सञ्चालन गरिरहेको छ ।

यस अभियान मार्फत जनतालाई महामारीका रूपमा रहेको कोभिड १९का बारेमा जानकारीका साथै रोग लाग्नबाट जोगिनका लागि आवश्यक उपायहरूका बारेमा समेत सटिकताका साथ सुचना प्रवाह  गर्ने कम्पनीले लक्ष्य लिएको छ । ओपोका डिजिटल मिडिया प्ल्याटफर्महरू मार्फत कम्पनीले कोरोना भाइरसका लक्षण, अपनाउनु पर्ने सजगताका बारेमा सूचनाहरू प्रेशित गरिरहेको छ ।

ओपो स्ट्याण्ड्स विथ यू, स्टे होम स्टे सेफ जस्ता ह्याशट्यागहरूको प्रयोग मार्फत कम्पनीले सजगता फैलाउने कार्य गरिरहेको छ । साथै, हालको महामारीको समयमा घरभित्रै बसी सरक्षित रहन सबैलाई अनुरोध गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको