अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषका सेवाग्राहीलाई व्याजमा विशेष छुट दिइने भएकाे छ ।
नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरूले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरूलाई हाल छुट प्रदान गर्ने गरिएको व्याज रकममा सो छुट समेत गरी २०७६ चैत देखि २०७७ असारसम्मको व्याज २०७७ असार भित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको छ ।
कोषको संचालक समितिको आज (बिहीबार) बसेको बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस( कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे उक्त निर्णय गरेको हो ।
त्यसैगरी, कोषमा नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रूपैँया प्रदान गर्ने निर्णय समेत भएको छ । यस्तो विषम परिस्थितीमा गरिएको निर्णयले सेवाग्राहीलाई सहयोग पुग्ने कोषले अपेक्षा गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस