Like us!
Follow us!
Connect us!
Watch us!

प्रयास नेपाल धादिङको १६ औं स्थापना दिवसमा रक्तदान

आइतबार, ०६ चैत्र २०७३, १८ : ११ मा प्रकाशित

प्रयास नेपाल धादिङको १६ औं स्थापना दिवसमा रक्तदान

अर्थ संसार 
धादिङ–     जिल्लाको बिभिन्न गाविसहरुमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङले  १६ औं स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

    जिल्ला अस्पताल धादिङको हातमा संचालित रक्तदान कार्यक्रममा १४ महिला सहित ४६ जनाले रक्तदान गरेका संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले अर्थ संसारलाई जानकारी दिएका छन् ।   संस्थाका निर्बतमान अध्यक्ष कृष्ण बहादुर चेपाङ, सचिव रेष्टन कडेल र पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीले एक साथ रक्तदान गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । 

    रक्तदानको साथै संस्थाले अन्तरक्रिया कार्यक्रम पनि आईतबार नै सम्पन्न गरेको छ । संस्थाले जिल्लामा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संस्थाको स्थापना भए देखि हाल सम्म भए गरेका गतिविधि तथा आर्थिक विवरण संस्थाका कार्यकारी निर्देशक अर्यालले बताए ।

जिल्लाका २ वटा नगरपालिका र ११ वटै गाउँपालिकामा गोरखा र नुवाकोट जिल्लामा नेपाल भूकम्प प्रतिकार्य,धादिङ बिपद् व्यवस्थापन, बिद्यालय पुस्तकालय, आफ्नो घर आफ्नै परिवार कार्यक्रम,गरिवी निवारण कार्यक्रम,बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम,महिला तथा किशोरी हिंसा बिरुद्धको कार्यक्रम,गरिबी नविारणको लागि पशुपालन कार्यक्रम,लगायतका कार्यक्रम मार्फत शिक्षा,स्वास्थ्य तथा सरसफाई,जिविकोपार्जन, अधिकार, पैरवी र सुशासन बिषयगत क्षेत्रमा समुदाय तथा बिद्यालय तहमा सामुदायिक विकासमा सहजिकरण गर्दै आएको निर्देशक अर्यालले जानकारी दिए ।

प्रयास नेपाल धादिङका अध्यक्ष उषा बि.कको अध्यक्षता भएको स्थापना दिवस कार्यक्रमको अवसरमा सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता, बिश्वसनियता र संस्थामा सुशासन स्थापित गर्न गरेका पहल समिक्षा गर्नुका साथै संस्थालाई सहयोग गर्ने बिभिन्न व्यक्ति,सरकारी कार्यालय,संचारकर्मी तथा संचार गृहलाई र साझेदार संस्थाहरु,लक्षित वर्गलाई धन्यावाद ज्ञापन गरिएको संस्थापक अध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिए ।    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको