Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ! भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ?-डा. रवीन्द्र पाण्डे

शुक्रबार, ०५ बैशाख २०७७, ११ : १५ मा प्रकाशित

सरकार ! भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ?-डा. रवीन्द्र पाण्डे

प्रिय सरकार,

सरकार जनताको अभिभावक हो । आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो । यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो । गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसंग पनि त्यो क्षमता छ भन्ने मेरो मान्यता हो ।

१. मेरो सरकार १ सरकार प्याज जस्तो हुनु भएन, साग जस्तो हुनुपर्यो  । प्याजमा भएका पत्र अर्थात लेयरले हाम्रो सरकारलाई घेरे कि रु संसारका अरु देशमा सागजस्ता सरकार छन्  । कुनै पत्रले नघेरिएका, पानीको थोपा पनि ग्रहण गर्ने, असिनाका दाना पनि सहने अनि आफु चिमोटिएर जनताको हातमुख जोड्न पनि सहयोग गर्ने  । के प्याज सरकार हाम्रो नियति हो ?

२. टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजाल हेर्दा आँखाबाट आँशुका थोपा यसै भत्किन्छन्  । मुटु चिसो भएर आउँछ, मनमा तुफान चल्छ  । ती सयौं भोका मान्छेको लस्कर, रोगी मान्छेको लस्कर, सुत्केरी र शिशुहरुको रोदन  । उनीहरु हाइकिंगको लागि हिंडेका हैनन्, कमिसन र कालोधनको कुम्लो बोकेर भागेका होइनन्  । उनीहरु सरकारको बिरोध गर्न बिद्रोहमा उत्रेका आतंककारी हैनन्  । मेरो सरकार १ तिनीहरु पेटमा अन्नको गेडो नपरेर बौलाएका नागरिक हुन्, सिटामोलको गोली किन्ने खुबी नभएका पानीमरुवा हुन्  । उनीहरुले सरकारको बिरोधमा नारा लगाएका छैनन्  ।नपत्याए प्याजका पत्रहरू खोलेर सुन, उनीहरु मनमनै भन्दैछन् - कि खान देऊ, कि घर जान देऊ  । तिनीहरुलाई आफ्ना हातसँग झोंक चलेको छ, त्यो स्वस्तिक चिन्ह मतपत्रमा ठोक्ने हातलाई सिलौटामा राखेर लोराले कचस्कचस् थिच्ने मन लागेको छ  ।

मेरो सरकार १ सहरमा भोकै मर्ने भयौं, गाउँमा खनखोरस गरेर बाँच्छौं भन्ने ती देशद्रोहीलाई सहर निकाला गर  । एउटा कोठा लिएर पढ्न बसेका बिद्यार्थीलाई सहरबाट लेखेट  । त्यस्ता सर्वहारालाई यो मिठो धुन बज्ने तथा सप्तरंगी फूल फुल्ने सहरबाट गाडीमा हालेर सहर निकाला गर  ।

३. मेरो सरकार ! सिमानाबाट भित्र आउनुपर्ने बाहिर छन्, बाहिर हुनुपर्ने भित्र आइरहेका छन्  । सयौं किलोमिटर तातो अलकत्रे बाटोलाई खुट्टाले नाप्दै नाप्दै सिमाना पारी पाल टाँगेर बसेका ती भोकानांगाहरु सरकारलाई स्वस्तिक छाप हानेका देशद्रोही हुन्  । रोग, भोक र शोकले ती यति आक्रान्त छन् कि आफ्नै माटोमा आस र सास बिसाउने अन्तिम इच्छा छ, उनीहरुको  । उनीहरुलाई सिमा निकाला गरेर गाउँमा पठाउन पाए सरकारको मिठो निद्रा कसैले बिथोल्ने थिएन कि ?

४. प्रिय सरकार !  खाडीको धुपमा पसिनाको धारा चुहाएर रेमिट्यान्सले सरकार पालेका ती भुस्तिघ्रेहरु जागिर गएर मर्नु न बाँच्नु भएका छन्  । उनीहरु भन्दैछन, हामीलाई देश फर्काउ सरकार १ हामीले बाँझो जमिनमा सुन फलाएर सरकारलाई पाल्नेछौं  । पाल्ने कुरो गर्दैछन त १ कि तुरुन्त चार्टर गरेर ल्याउने हो ? १ महिना क्वारेन्टाइनमा बस्न पनि तयार छन् उनीहरु  । यो त फाइदाको कुरा गरे त !

५. मेरो सरकार ! कोरिया, जापान, इजरायल, युरोप, अमेरिकादेखि सयौं देशमा रहेपनि छातीमा नेपाल बोकेका लाखौँ जनताहरुलाई नेपाल ल्याउने यहि मौका हो । उनीहरु ज्ञान, सिप र अनुभवले उम्दा छन् । उस्तै परे उनीहरुले नेपालको बिकासमा नयाँ मोडेल ल्याउनेछन् । देशको अर्थतन्त्रलाई माथि उठाउनेछन् । सरकार धनी हुनेछ । कि महादेवको तेस्रो आँखा खोल्ने हो रु यसो गर्दा प्याजका पत्रलाई पनि फाइदा, प्याजका दर्जनौं पत्रभित्र विराजमान सरकारलाई पनि फाइदा  ।

६. मलाइ डर छ सरकार ! दैनिक ज्यालादारीलाई खै राहत ? न्यून आय भएका व्यक्तिलाई खै हातमुख जोड्ने प्रबन्ध ? भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ?अप्रिय नारा लागे भने ? खानपिनप्रेमिको भण्डार कब्जा भयो भने ? अर्को शक्ति उदाएर यो अकन्टक सत्तालाई ग्रिलभित्र राख्यो भने ? विदेशीका बुट यो कोमल छातीमाथि बज्रिए भने रु जनताले ’ जसको भारी बोकेपनि बोक्ने न हो ‘ जस्तो प्रतिक्रियाबादी जवाफ दिए भने रु त्यो भान्सा, त्यो खानपिन .. सोंच्दै मुटु ढुकढुक हुन्छ, मेरो सरकार  ।
...
लौन! अझै समय घर्केको छैन  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको