Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट र एस डेभलपमेन्ट गाभिदै, इन्भेष्टमेन्टले साधारणसभा बोलायो

सोमबार, ०७ चैत्र २०७३, १२ : ०२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट र एस डेभलपमेन्ट गाभिदै, इन्भेष्टमेन्टले साधारणसभा बोलायो

अर्थ संसार 
काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंकले एक सुचना जारी साधारण सभा बोलाएको छ ।  राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो बैंक बनेको इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक्वायर गर्ने प्रस्ताब पारित गर्न विशेष साधारणसभा बोलाएको हो ।

साधारण सभा चैत्र २५ गते शुक्तबार, लैनचोर काठमाडाँैमा हुने भएको छ ।नेपाल इन्भेष्मेन्ट बैँकले १००ः४१ दरमा प्राप्ति गर्न लागेको हो । एस डेभलपमेन्ट बैँकका शेयरधनीहरुले १०० कित्ता बराबर ४१ कित्ता शेयर नेपाल इन्भेष्मेन्ट बैँकको प्राप्त गर्ने छन् ।

चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा नेपाल इन्भेष्मेन्ट बैँकको चुक्ता पुँजी रु ८ अर्ब ७० करोड ६६ लाख १२ हजार छ ।

एस डेभलपमेन्ट बैँकलाई प्राप्ति गरिसकेपछि बैँकको चुक्ता पुँजी रु ९ अर्ब ९० करोड ९५ लाख ९६ हजार रहनेछ । नेपाल इन्भेष्मेन्ट बैँकको प्रति शेयर आम्दानी रु ३६.४१ छ भने प्रति शेयर नेथ वर्थ रु २०५.२८ रहेको छ । बैँकले रु १ अर्ब ५८ करोड ४९ लाख ६८ हजार खुद नाफा कमाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको