Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना विरुद्धको भ्याक्सिन नबनेसम्म नहटाइयोस् लकडाउन : विश्व स्वास्थ्य संगठन

निशा हुमाँगाई

मंगलबार, ०९ बैशाख २०७७, १४ : २३ मा प्रकाशित

काेराेना विरुद्धको भ्याक्सिन नबनेसम्म नहटाइयोस् लकडाउन : विश्व स्वास्थ्य संगठन

अर्थ संसार, काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण न्यूनीकरण गर्नका लागि लागु गरिएको प्रतिबन्ध र लकडाउन एकाएक नभएर बिस्तारै-बिस्तारै मात्र हटाउन आह्वान गरेकाे छ । 

विश्वका कतिपय देशहरूले लकडाउन आंशिक रुपमा हटाइसकेका र थुप्रै देशले आफ्नो देशमा लागू गरेको लकडाउन हटाउनेबारे विचार गरिरहेका बेला विश्व स्वास्थ्य संगठन मंगलबार यस्ताे आह्वान गरेकाे हाे । 

त्यसैगरी, हतारमा आएर समय अगावै लकडाउन हटाइएमा कोरोनाको संक्रमणकाे जाेखिम झन् उच्च हुँदै जाने संगठनले चेतावनी दिएको छ ।

कम्तीमा पनि कुनै खोप वा भ्याक्सिन नबनेसम्म वा उपचारको प्रभावकारी तरिका नखोजिएसम्म लकडाउन हटाउन नहुने र लकडाउन ‘न्यू नर्मल’ हुनुपर्ने डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको