अर्थ संसार, काठमाडौं - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर-३, भुल्केका थप ८ जनालाई कोरोना संक्रमणको आशंका गरिएकाे छ ।
कोरोना सङ्क्रमणको शंका लागेपछि उनीहरुलाई स्वाब पुन: परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको छ । भुल्केमा रहेको मस्जिदमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गरिएका मध्ये ८ जनामा शंकास्पद नतिजा देखिकाे हुनाले सङ्क्रमित भए नभएको यकिन गर्न पुन:परीक्षणको लागि उनीहरूलाई धरान पठाइएको हो ।
त्यसैगरी, पुन :परीक्षणपछि मात्र उनीहरूकाे अन्तिम रिपोर्ट आउने जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस