Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् काेराेना भाइरसबारे जान्नै पर्ने ५ कुराहरू

निशा हुमाँगाई

मंगलबार, ०९ बैशाख २०७७, ११ : ४७ मा प्रकाशित

यस्ता छन् काेराेना भाइरसबारे जान्नै पर्ने ५ कुराहरू

अर्थ संसार, काठमाडौं - हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसले (Covid-19) सारा विश्वलाई नै त्रसित बनाएकाे छ । 

के हो कोरोना भाइरस ? 

कोरोना भाइरस चीनको हुवेई प्रदेशको उहान सहरबाट पत्ता लागेकाे एउटा नयाँ भाइरस हाे । विश्व स्वास्थ्य संगठनले याे भाइरसलाई “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ ।

काेराेना भाइरस एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा कसरी सर्दछ ?

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो भाइरस संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

काेराेना भाइरसकाे मुख्य लक्षणहरू के-के हुन् ?

- ज्वरो १००.४ डिग्री फरेनहाइट भन्दा माथि आउने 

- सुख्खा खोकी लाग्ने

- श्वास प्रश्वासमा समस्या देखिने 

राेकथाम गर्ने उपायहरू के-के हुन् ?

- ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने

- मास्कको प्रयोग गर्ने

- खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने

- साबुन-पानीले कम्तिमा २० सेकेन्डसम्म मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने

- भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने

- जङ्गली तथा घरेलु पशुपन्छीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने

- पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने

- राेगका लक्षण देखिएमा नजिकैकाे स्वास्थ्य संस्था जाने 

कोरोना भाइरसको लागि उपचार के छ ?

 कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप वा भ्याक्सिन उपलब्ध छैन । एजेन्सीको सहयोगमा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको