अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् ।
मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरू घरमै उपलब्ध गराउने भएको छ । फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिनेछ । मेगा बैंकका ग्राहकहरूले मेगा स्मार्ट क्यूआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुट पाउने सहमति भएको छ ।
यसैगरी, देशव्यापी लकडाउनको विषम परिस्थितिलाई ध्यानमा राख्दै यसअघि मेगा बैंकले दैनिक उपभोग्य सामानका लागि किराना डटकम र औषधिका लागि केन फार्मेसीसँग सम्झौता गरिसकेको छ ।
विभिन्न सेवा प्रदायकहरूसँग सम्झौता गरी लकडाउनमा पनि आफ्ना ग्राहकहरूलाई अतिरिक्त सेवा र सुविधाहरू प्रदान गरेको मेगा बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस