Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरू

निशा हुमाँगाई

शुक्रबार, १२ बैशाख २०७७, १३ : ३६ मा प्रकाशित

कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरू

अर्थ संसार, काठमाडौं - बेलायतमा युरोपकै पहिलो कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु भएको छ । 

बीबीसीले दिएकाे जानकारी अनुसार अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले ३ महिना लगाएर विकास गरेको खोप ब्रिटेनको अक्सफोर्डमा दुई जना मानिसमा परीक्षण गरिएको हाे ।

उक्त खोप परीक्षण गर्नका लागि ८ सय जना स्वयम्‌सेवकलाई लागि चयन गरिएकाे छ । उनीहरुमध्ये आधाले मेनिन्जाइटिसको र आधाले कोरोनाविरुद्धको नयाँ खोप प्राप्त गर्नेछन् ।

त्यसैगरी, खाेप परीक्षण गरिएकाे २ जनामध्ये एक एलिसा ग्रानाटो नामकी वैज्ञानिक हुन् । उनले भनिन्, “म वैज्ञानिक हुँ । त्यसैले म यस वैज्ञानिक प्रक्रियालाई जति सम्भव हुन्छ त्यति सघाउन चाहन्छु ।”

यस अनुसन्धानको नेतृत्व जेनर इन्स्चिच्युटमा खोप विज्ञानकी प्राध्यापक सारा गिल्बर्टले गरेकी थिइन् । यस खाेपले कोरोना भाइरसलाई निको पार्न सक्ने अनुमान गरिएको छ । (एजेन्सीकाे सहयाेगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको