Like us!
Follow us!
Connect us!
Watch us!

नेपाललाई झन्-झन् जाेखिम बढ्दै

निशा हुमाँगाई

शुक्रबार, १२ बैशाख २०७७, १३ : १० मा प्रकाशित

नेपाललाई झन्-झन् जाेखिम बढ्दै

भारतमा काेराेना संक्रमितको संख्या २३ हजार नाघ्यो

अर्थ संसार, काठमाडौं - दिनहुँ जसाे भारतमा काेराेना संक्रमित ह्वात्तै बढेसँगै नेपालमा काेराेना भाइरसकाे जाेखिम बढेकाे छ । भारतमा कोराेना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २३ हजार नाघिसकेको छ । पछिल्लाे २४ घण्टामा मात्र एक हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोराेना भाइरस (कोभिड–१९)  का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको त्यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ । भारतमा देखिएका संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

भारतको महाराष्ट्र शुरुदेखि नै कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको भने २८३ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।

महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ । दिल्लीमा २ हजार ३७६ संक्रमित रहेका छन् । संक्रमित मध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ ।

गुजरातमा २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ११२ को ज्यान गएको छ भने २५८ जना उपचारपछि घर फर्किएका छन् ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु नेपाललाई समेत चुनौतीपूर्ण भएको छ । – (रासस/एएनआई) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको