Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक उडान खुलाउने तयारी गर्दै सरकार, लकडाउन के हाेला ?

निशा हुमाँगाई

शनिबार, १३ बैशाख २०७७, ११ : ४४ मा प्रकाशित

आन्तरिक उडान खुलाउने तयारी गर्दै सरकार, लकडाउन के हाेला ?

अर्थ संसार, काठमाडौं - विश्वव्यापी रूपमा फैलिरहेकाे काेराेना भाइरस (Covid-19) काे संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले लकडाउन जारी गरेकाे हामी सबैलाई यथावतै छ ।

सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न  सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे हालसम्म केहि यकिन भएको छैन ।

तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सङ्केत भने सरकारले गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध भने कायमै रहने छ । नियामक निकाय प्राधिकरणले पनि तत्कालै अन्तर्राष्ट्रिय उडान खुल्ने अवस्था नरहेको जनाएको छ ।

मुलुकको आन्तरिक उडान भने निश्चित मापदण्डका आधारमा सञ्चालन गरिने बताइएको छ । यद्यपि वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल भइरहेको छ । प्राधिकरणका प्रवक्ता क्षेत्रीले आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक सङ्घलगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

छिमेकी मुलुक भारतमा पनि लकडाउन चलिरहेको र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध गरिएको अवस्थामा नेपालले पनि तत्काल उडान सञ्चालन गर्ने अवस्था नरहेको अधिकारीको बुझाइ छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको