अर्थ संसार, काठमाडौं - उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक भइरहेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भइरहेकाे उक्त बैठकमा कोरोना भाइरसको संक्रमण र एक महिनादेखि जारी रहेको लकडाउनको विषयमा छलफल हुने छ ।
बैठकमा लकडाउन वैशाख मसान्तसम्म थप गर्ने कि हप्ता दिन मात्रै थप्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालय स्राेतले जनाएकाे छ । वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगिने तयारी भइरहेकाे बताइएकाे छ ।
उच्चस्तरीय समन्वय समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो । उक्त लकडाउनको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस