Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय निर्वाचन कुनै हालतमा रोकिदैन–शंकर नायक

मंगलबार, ०८ चैत्र २०७३, १४ : ३७ मा प्रकाशित

स्थानीय निर्वाचन कुनै हालतमा रोकिदैन–शंकर नायक

अर्थ संसार 
काठमाडौ–
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले आगामी निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । 

मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री नायकले निर्वाचनलाई सफल बनाउने असन्तुष्ट पक्षलाई निर्वाचनमा समेटेर अघि बढ्ने विषयमा सरकारले कसरत गरिरहेको समेत बताए । 

उहाँले नयाँ संविधानले निर्दिष्ट गरेको समयमै सबै काम गर्न कानुन मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बाउँदै निर्वाचनमार्फ संविधानको कार्यान्वयन हुने कुरामा शंका नगर्न समेत आग्रह गरे । 

‘जतिखेर जुन कामको आवश्यकता हुन्छ त्यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ, निर्वाचन कुनै पनि हालतमा रोकिँदैन र रोक्नुहुन्न, यसका लागि सरकार गृहकार्यमा लागेको छ । सबैलाई राष्टिय एकता र सहमतिमा कसरी ल्याउने भन्ने विषयमा कसरत भइरहेको छ’ उनले भने । 

उनले निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी विधेयक सरकारले समयमै आयोगलाई उपलब्ध गराएको बताउनुहुँदै राजनीतिक दलसम्बन्धी विधेयकको थे«सहोल्डमा देखिएको विवाद केही दिनमै मिल्ने समेत बताउनुभयो ।थे«सहोल्डमा तीन प्रमुख दलबीच सहमति भइसकेको भए पनि अन्य साना दलको माग र चासोलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हाल छलफल चलिरहेको उनको भनाई  छ । 

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डिल्लिराज घिमिरेले कानुन मन्त्रालयमार्फत हालसम्म भएका गतिविधिको बारेमा जानकारी गराएका थिए । त्यसैगरी सचिव कमलशाली घिमिरेले निर्वाचन आयोगलाई कानुनको अभावकै कारण निर्वाचन गर्न समस्या पार्ने काम कानुन मन्त्रालयबाट हुन नदिने बताए ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको