Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा उपचारमा खटिएका २ सय जना स्वास्थ्यकर्मी कोरोना  संक्रमित

अर्थ संसार

मंगलबार, १६ बैशाख २०७७, २३ : ३० मा प्रकाशित

भारतमा उपचारमा खटिएका २ सय जना स्वास्थ्यकर्मी कोरोना  संक्रमित

अर्थ संसार,भारत - भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । 
दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताउनुभएको हो । 

उहाँले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताउनुभयो । उहाँले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले मङ्गलबार भन्नुभयो– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् । उहाँले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताउनुभयो । 

कोविड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित 
तर उहाँले दिएको जानकरीअनुसार कोविड १९को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताउनुभयो ।
उहाँले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । 
उहाँका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उहाँका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ । 
स्वास्थ्यमन्त्री जैनले भन्नुभयो– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो । 
लकडाउन कहिलेसम्म लम्बिन्छ रु 
उहाँलाई सम्वाददाताहरुले सोधेको लकडाउन अझ कहिलेसम्म हुन्छ भनी सोधेको प्रश्नमा भन्नुभयो– अझ ७ दिन त बाँकी नै छ, त्यतिन्जेल हेरौँ यो संक्रमणको फैलावटको अवस्था कस्तो हुन्छ त्यसैको आधारमा हामी आगामी दिनको बारेमा निर्णय गर्नेछौँ । 
हाल त्यहाँ जारी रहेको लकडाउन आगामी मे ३ सम्मका लागि रहने छ । त्यसपछि के गर्ने भन्ने बारेमाा कुनै पनि राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन् । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गर्नुभएको थियो । 

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी हुनुभएको थियो । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा हुनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको