Like us!
Follow us!
Connect us!
Watch us!

खुम्चिने भाे नेपालकाे आर्थिक वृद्धिदर मात्र २.२७ प्रतिशतमा

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, १७ : १५ मा प्रकाशित

खुम्चिने भाे नेपालकाे आर्थिक वृद्धिदर मात्र २.२७ प्रतिशतमा

अर्थ संसार, काठमाडौं - नेपालकाे चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने भएकाे छ । 

केन्द्रिय तथ्यांक विभागले  बुधबार सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा कायम रहने बताइएकाे छ । 

सरकारले चालु आर्थिक वर्षकाे वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेकोमा कोरोना संक्रमणले गर्दा ८.५ प्रतिशतको लक्ष्य घटेर २.२७ प्रतिशत रहने भएको हो । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम रहेको थियो ।

यसैगरी, विश्व बैंकले समेत सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिसकेको छ । 

त्यस्तै, उक्त तथ्यांक अनुसार कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योगको वृद्धिदर माइनस २.२७ प्रतिशत, निर्माण क्षेत्र माइनस ०.३१ प्रतिशत र होटल रेष्टुरेन्ट क्षेत्रमा माइनस १६.३० प्रतिशतको वृद्धिदर कायम रहने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको