अर्थ संसार, काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कैलाश विकास बैंकलाई गाभेसँगै प्राइम बैंककाे नाफामा उत्साहजनक वृद्दि भएकाे छ ।
उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३१ दशमलव १८ प्रतिशत धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ५४ करोड ७९ लाख ४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ३४ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २८ दशमलव ४१ प्रतिशत धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले २ अर्ब ६० करोड १५ लाख ३० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।
त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेकाे छ । बैंककाे प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६२ पैसा रहेकाे छ ।
त्यसैगरी, तेस्रो त्रैमाससम्ममा बैंकले सञ्चालन नाफा ३१.६९ प्रतिशतले बढाएर २ अर्ब ८९ करोड ६३ लाख ३५ हजार रुपैयाँ पुर्याएकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस