Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना संक्रमित ५७ पुगेकाे स्वास्थ्य मन्त्रालयले गर्याे पुष्टि, यस्ताे छ नेपालकाे काेराेना विवरण

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, १६ : ४२ मा प्रकाशित

काेराेना संक्रमित ५७ पुगेकाे स्वास्थ्य मन्त्रालयले गर्याे पुष्टि, यस्ताे छ नेपालकाे काेराेना विवरण

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि गरेकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५७ पुगेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पाेजेटिभ देखिएकाे जानकारी दिएका हुन् ।

बुधबार पर्साका ४६ वर्षीय पुरुष, बाराका ४३ र ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु तीनैजना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका देवकोटाले बताए । 

यसअघि मन्त्रालय मातहतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले थप ४ जनामा कोरोना संक्रमण देखिएको बताएका थिए । जसका आधारमा विभिन्न सञ्चार माध्यमले नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको समाचार प्रकाशन गरेका थिए ।

त्यसैगरी, हालसम्म ५७ हजार १ सय ८९ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, ११ हजार ५ सय २४ जनाको पिसिआर विधिबाट र ४५ हजार ६ सय ६५ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र दुई हजार ३ सय ६७ जनाको परीक्षण गरिएकाे हाे । 

यस्तै, उनले हालसम्म २२ हजार ९ सय १ जना जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ४ जना र बाहिर ८३ जना गरी कुल ८७ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ५७ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ४१ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । जसमध्ये कोशी अस्पतालमा ३१ जना, वीरगन्जमा ८ जना, भरतपुर अस्पताल र  धनगढीमा एक एक जना उपचाररत रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको