Like us!
Follow us!
Connect us!
Watch us!

काेराेनाले छाड्याे चीनलाई

निशा हुमाँगाई

शनिबार, २० बैशाख २०७७, १४ : ३४ मा प्रकाशित

काेराेनाले छाड्याे चीनलाई

अर्थ संसार, काठमाडौं -  चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट पहिलो पटक कोरोना भाइरसको सक्रमण देखिएको थियो ।

यसैलगत्तै विश्वको कैयौ देशमा फैलिएको यस कोरोना भाइरसको संक्रमण हाल विश्वका २१० भन्दा बढी देश देखिएको छ । यस भाइरसबाट विश्वभरी शनिबार अपराह्नसम्म ३४ लाख २ हजार २४० संक्रमित भएका छन. । यस भाइरसको संक्रमणको कारण विश्वभरी २ लाख ३९हजार ६२७ जनाको मृत्यु भइसकेको छ ।

यस भाइरसबाट संयुक्त राज्य अमेरिका सव भन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाख ३१ हजार ४९२ संक्रमित भएका छन्, भने ६५ हजार ७७६ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४२ हजार ९८८ संक्रमित भएका छन्,भने २४ हजार ८२४ जनाको मृत्यु भएको छ । यसैगरी विश्वका शक्तिशाली देशहरु इटाली , बेलायत , फ्रान्स, जर्मनी, टर्की रुस यस भाइरसबाट अत्यन्त प्रभावित भएको छ ।

त्यसैगरी, शुरुमा यस भाइरसको प्रकोप देखिएको चीनमा ८२ हजार ८७५ कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म चीनमा यस प्रकोपबाट ४ हजार ६३३ को मृत्यु भएको छ । – (रासस /सिन्हवा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको