Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको नाफामा १५ प्रतिशतले उकालो

अर्थ संसार

आइतबार, २८ बैशाख २०७७, १० : ५३ मा प्रकाशित

हिमालयन बैंकको नाफामा १५ प्रतिशतले उकालो

 अर्थ संसार, काठमाडौं- हिमालयन बैंक लिमिटेडले  आइतवार तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले  सार्वजनिक गरेको वित्तीय विवरण अनुसार त्रैमाससम्म बैंकले २ अर्ब ३१ करोड ७१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १५।०४ प्रतिशतले बढी हो । गत वर्ष बैंकले २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँमात्रै नाफा कमाएको छ ।

 बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले  त्रैमाससम्म २ अर्ब ३१
 कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी रू। ९ अर्ब ३७ करोड २२ लाख ३१ हजार पुर्‍याएको छ । जगेडा कोष रकममा गत वर्षभन्दा यस वर्ष २८ प्रतिशत वृद्धि देखिएको छ ।

गत वर्ष यस अवधिसम्म  ५ अर्ब ३० करोड ३३ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम यस वर्ष  ६ अर्ब ७८ करोड ९० लाखभन्दा बढी कायम भएको छ ।

 यस वर्ष उक्त कम्पनीले गत वर्षभन्दा ६ दशमलव ३४ प्रतिशत बढी अर्थात् १ खर्ब १६ अर्ब ३२ करोड ४४ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने १४ प्रतिशत बढी अर्थात्  १ खर्ब ५ अर्ब ८२ करोड १० लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

 गत वर्ष यस अवधिमा १ दशमलव ३१ प्रतिशत रहेको उक्त कम्पनीको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ११ प्रतिशतमा खुम्चिएको छ । तेस्रो त्रैमाससम्म  कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव ९६ र प्रतिशेयर नेटवर्थ  १८४ दशमलव ५० रहेको छ ।
यस अवधिसम्म कम्पनीले २४ दशलमलव ४० प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

यो पनि पढ्नुहोस्

शेयर बजार मंगलबारबाट खुल्दै, बजार कता जाला ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको