Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन हिमालयन बैंकको लिलामी सधारण सेयर ?

विहीबार, १० चैत्र २०७३, १४ : २६ मा प्रकाशित

किन्ने होइन हिमालयन बैंकको लिलामी सधारण सेयर ?

अर्थ संसार 
काठमाडौं– सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने आजदेखि बजारमा  हिमालयन बैंकले एक लाख ४५ हजार ५ सय ८० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

हिमालयनले कत्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानी त्यसभन्दा बढी भाउ तोकेर दरखास्त फारम बुझाउनु पर्नेछ । यो लिलामी सेयरमा  चैत १६ गतेसम्म दरखास्त बुझाउन पाइनेछ । 

लक्ष्मी क्यापिटल कार्मेट
हिमालयनको बिक्री प्रबन्धकको काम  लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हिमालयन बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा चार अर्ब २७ लाख ५९ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दनी ३५ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १६ पैसा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको