अर्थ संसार
काठमाडाँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहुलियत दरमा काठ उपलब्ध गराउन वन मन्त्रालयसहित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
भूकम्प प्रभावित जिल्लामा काठको अभावमा सर्वसाधारणले घर बनाउन नसकेको गुनासो आइरहेका बेला प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज वनसचिव प्रकाश माथेमा, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीसँग छलफल गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत पोखरेलले काठ उपलब्ध गराउन माग गरेका छन् ।
बैठकमा भूकम्पपीडितलाई सहुलियतमा दिने भनिएको काठ वितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन पोखरेलले आग्रह गरे । आवश्यक गृहकार्य गरी सक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलब्ध गराउन पहल गरिने विभागका महानिर्देशक आचार्यले बताए । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस