Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारदेखि मेगा बैंकको हकप्रद सेयर लिलाममा, यहाँबाट भर्नुहोस आवेदन

विहीबार, १० चैत्र २०७३, १८ : ४२ मा प्रकाशित

आइतबारदेखि मेगा बैंकको हकप्रद सेयर लिलाममा, यहाँबाट भर्नुहोस आवेदन

अर्थ संसार 
काठमाडौं– मेगा बैंकको लिलामी सेयर किन्ने हो ? किन्ने भए आईतबार पर्खनुहोस् । बैंकले आइतबारदेखि ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । इच्छुक लगानीकर्ताले उक्त शेयरमा चैत २० गतेसम्म आवेदन दिन सक्छन् । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ
मेगा बैंको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंङ रहेको छ । 

बैंकको शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य राखेर न्यूनतम १०० कित्ता र बढीमा १० अंकले भाग जाने गरी अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् ।

बैंकको शेयर खरिद गर्न चाहने लगानीकर्ताले उक्त परिमाणमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन फारम लिएर बुझाउन सक्नेछन् ।

बोलकबोल नतिजा बिक्री प्रबन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ । 
 

यो पनि पढ्नुहोस्

किन्ने होइन हिमालयन बैंकको लिलामी सधारण सेयर ? 

अपिले विशेष साधारणसभाका लागि तोक्यो बुक क्लोज, १ बराबर २ कित्ता हकप्रदको प्रस्ताव लैजाँदै 

यातायात कार्यालय माछा बजार जस्तो (फोटोफिचर) 

गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै [भिडियोसहित]

चेपाङ बालबालिको हातमा कम्प्युटर 

सामान्य अंकले बढेको बजारमा एक अर्बको कारोबार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको