यसमा उपलब्ध गरिएको कस्टमाइज्ड आईएमएक्स ३९८ सेन्सर सिरियर फोटोग्राफी लक्षित रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार एफथ्री प्लस उत्कृष्ट कार्यक्षमता, आकर्षक, सुरक्षित, टिकाउ तथा अहिलेको मागलाई विशेष ध्यानमा राखि विकसित स्मार्टफोन हो ।
गु्रप सेल्फीका लागि फोनमा ८ मेगा पिक्सेल क्षमताको १ सय २० डिग्री वाइड एङ्गल सहितको विशेष क्यामेरा उपलब्ध गरिएको छ । कम्पनीका अनुुसार यो क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा १ सय ५ प्रतिशत बढी क्षेत्र समेट्न सक्छ । यसले गर्दा तस्विरमा बढी मानिस समेटिन सकिन्छ । फोनमा उपलब्ध गरिएको ६पी लेन्सले यी तस्विर अझ उत्कृष्ट बनाउन सघाव पुर्याउँछ ।
फोनमा कम्पनीले ४ हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यसले २ सय ८४ घण्टाको स्ट्याण्डबाई टाइम दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भीओओसी फ्ल्यास चार्जिङ समाधान उपलब्ध गरिएका कारण यो फोन साधारण ब्याट्रीका तुलनामा ४ गुणा चाँडै चार्ज हुन्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले मात्र ५ मिनेट ब्याट्री चार्ज गरी २ घण्टा सम्मको टक टाइम पाउन सक्छन् । अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस