अर्थ संसार, काठमाडौं - सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष को खातामा आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले कोरोना नियन्त्रण तथा उपचार कोष खाता खोलिएकोले हुँदा इच्छुक व्यक्ति तथा संघ संस्थाले सो खातामा रकम जम्मा गरी सहयोग गरिदिनु हुन आव्हान गरेको छ ।
कोरोना कोषको खाता सिंहदरबार परिसरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको छ । बैंक खाता नम्वर १९६०००००११०१ रहेको छ ।
लकडाउनमा सरकारको काम कारवाहीको विरोध
कोरोना भाइरसको कारण देश लकडाउन भएको आज (विहीबार) ५९ दिन भएको छ । करिव २ महिनासम्म देश लकडाउन हुँदा सवै नागरिकको आम्दानीको स्रोत बन्द भएका छन् । यस्तो परिस्थितिमा सर्वसाधारण नागरिकले सरकारको राहतको आशा गरेको थिए । तर, दुई महिनाको विचमा सरकारले ५ जनासम्मको परिवारलाई ५ किलो चामल, ५ जनाभन्दा माथिको परिवारलाई १० किलो चामाल मात्र बाँडेको छ ।
५ किलो चामलले कति दिन खाना पुग्छ सरकार ? बढीमा ३ दिन । बाँकी अरु दिन के खाने ? अहिले पनि अहिले ललितपुर, काठमाडौं, भक्तपुरको विभिन्न वडामा राहत बाँडिरहेका छन् । वडाबाट ३ किलो चालम लिन पार्टीको सिफारिस लिनु पर्ने अवस्था छ । नेकपामा एक वडा सदस्यको बोलाएपछि ललितपुर वडा कार्यालय जावालाखेलमा राहत लिन पुगेकी बागडोलको स्थानीय महिला भनिनन् -'वडा सदस्यले बोलाएर राहत लिन वडामा गएको तीन किलो चामल, आधा किलो दाल दिएर पठायो, सरकारको यो राहतले कति खाने, सरकार ८० ९० कारोड राहत बाँडि भन्छ, हामीलाई तीन किलो चामेल दिएर पठाउछ ।'
लकडाउनको बेलामा राजधानीको तीन जिल्लामा बसोबास गर्ने स्थानीय र डेरावाललाई दुई छाक टार्न दिनप्रतिदिन चुनौति बन्दै गएका छन् । त्यसमा पनि डेरावाललाई घरबेटीको घरभाडा माग्नुले उनीलाई थप पीडा भएको छ । सरकारले घर भाडा लिन राजधानीका घरवालाहरुलाई आग्रह गरेपनि घरबेटीले भाडा माग्दै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस