Like us!
Follow us!
Connect us!
Watch us!

अब्बल बन्दै विकास बैंक

अर्थ संसार

सोमबार, १२ जेठ २०७७, ०८ : ५० मा प्रकाशित

अब्बल बन्दै विकास बैंक

अर्थ संसार, काठमाडौं- विकास बैंकले  चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वाणिज्य बैंकको तुलनामा विकास बैंकको नाफा वृद्धिदर बढी रहेको छ ।

यस अवधिमा २७ ओटा वाणिज्य बैंकको औसतमा मुनाफा गत आवको तुलनामा २ दशमलव ३६ प्रतिशत मात्र बढी छ तर २१ ओटा विकास बैंकको नाफा भने औसत १० दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।

तेस्रो त्रैमासमा २१ विकास बैंकले कुल  ४ अर्ब ५५ करोड नाफा कमाएका छन् । यो नाफा गत आवको यही अवधिमा  ४ अर्ब १२ करोड थियो । विकास बैंकमध्ये सबैभन्दा बढी मुनाफा मुक्तिनाथ विकास बैंकले गरेको छ ।

उसले  ६७ करोड ६० लाख नाफा कमाएको छ । यो गत आवको तेस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले बढी हो । गत आवको यस अवधिमा बैंकले  ६२ करोड ५५ लाख नाफा कमाएको थियो । बढी मुनाफा कमाउने दोस्रो र तेस्रोमा गरिमा र लुम्बिनी विकास बैंक रहेका छन् । चालू आवको तेस्रो त्रैमासमा २१ बैंकमध्ये ७ बैंकको नाफा घटेको भने बाँकीको नाफा वृद्धि भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, देव विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, सहारा विकास बैंक, सिन्धु विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा घटेको हो । २१ मध्ये ३ बैंक देव विकास बैंकलाई कुमारी बैंकले, सहयोगी विकास बैंकलाई सिटिजन्सले र गण्डकीलाई मेगा बैकले प्राप्ति गर्ने भएका छन् ।

5ecb395793100.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको