Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, ०९ : १६ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्दा के भयाे अरू सूचक ?

अर्थ संसार काठमाडाैं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा ११ करोड २५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ९.९२ प्रतिशतले थाेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १२ करोड ५९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १८ करोड ५१ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ३ करोड ५९ लाख रुपैयाँले थाेरै हाे । गत वर्ष कम्पनीले २२ करोड ११ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार बढेर ५५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको बिमा कोषमा ४३ करोड ६२ लाख रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ करोड ७२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ३० पैसा रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको